पु.समाचार

ईन्जिनियर र सुब्बा अख्तियारको विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका विरुद्ध आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजाय माग गरेको प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

यसैगरी आयोगले आजै काठमाडौँ महानगरपालिकाको भवन निर्माण इजाजत विभागका इञ्जिनियर सुशील चापागार्इंविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले केही दिन पहिले रु १० हजार घुससहित इञ्जिनियर गौतमलाई पक्राउ गरेको थियो ।