खेलकुद

ग्रिनल्यान्ड र स्वप्न वाटिका सेमिफाइनलमा

काठमाडौं । ग्रिनल्यान्ड र स्वप्न वाटिका दोश्रो भानुभक्त विन्टर कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनल्यान्डले स्किब्सलाई ३५–२२ ले पराजित ग¥यो भने स्वप्न वाटिकाले सिद्धार्थ बनस्थलीलाई १७–१५ ले हरायो । त्यस्तै टीआईएले पाठशालालाई १२–५ तथा कान्तिपुर इङलिस एकेडेमीले महामञ्जुश्रीलाई २२–१७ पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । भानुभक्त मेमोरियल स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा महामञ्जुश्री, ज्ञान निकेतन, भ्याली पब्लिक र विल्सन एकेडेमी सेमिफाइनलमा पुगे ।
महामञ्जुश्रीले टीआईएलाई ४८–४६, ज्ञान निकेतनले पाठशालालाई ४२–२४, भ्याली पब्लिकले सेबलाई ५९–३८ तथा विल्सनले एलआरआईलाई ६९–२२ ले पन्छाए ।