समाचार

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङ । मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी अनधुनिक मिल भने छैन ।

यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन् ।

उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै गुजारा चलाएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, करु पिस्ने गरेको वडार गाउँकी मीनकासी गुरुङले बताए ।

प्रत्येक गाउँमा एउटा पानीघट्ट रहेको र पानी घट्टकै सहरामा गुजारा चलाएको चामे गाउँपालिकाकी खरीमाया गुरुङले बताए ।