पु.समाचार

प्रहरीले नभेटेकै हो त सिलवाल र शर्माजस्ता सेलेब्रेटीलाई, आखिर उनीहरु काहाँ छन त ?

काठमाण्डौ । प्रहरीले खोजी सूचीमा राखिएका ब्यक्तीहरु फरार हुने नौलो कुरा होईन । ०५२ साल फाल्गुण ३१ गते भूमिगत भएको तत्कालीन नेपाल कम्न्युष्ट पार्टी माओबादीलाई ०५८ साल जेठ १९ गतेको दरबार हत्या काण्डपछि राज्यले टाउकाको मोल तोक्ने सम्मका कार्य गर्यो ।
बीरेन्द्र परिवारको हत्या भई भाई ज्ञानेन्द्र शाह राजा भएपश्चात टाउकाको मोल ५० लाख सम्म तोकिएपनि कसैले माओबादी नेताहरुको टाउको ल्याएनन् । बरु केही बर्षपछि माओबादीसहितका दलहरु मिलेर राजतन्त्र नै सामाप्त पार्न संगठीत भए काँग्रेस एमाले सहितका दलहरु । उनीहरुले राजतन्त्रलाई ईतिहास समेत बनाउन सफल भए ।
त्यस्तै कतिपय बैंकिङ कसुरमा अभियोग लागेका ब्यक्तीहरु, राज्यको ठूलै अपराधमा सकृय ब्यक्तीहरुलाई ईन्टरपोलमा समेत राखेर प्रहरीको सर्बाधिक खोजी सूचीमा राख्ने कार्य गर्ने गरिन्छ । माओबादीलाई त तत्कालीन समयमा बिश्वको शक्ती सम्पन्न राष्ट्र अमेरिकाले आतंककारीको सूचीमा समेत राखेको थियो । ०६२ ६३ सालको आन्दोलपछि शान्ती प्रकृयामा आएपछि बिस्तारै उसलाई आतंककारीको सूचीबाट हटायो ।

अख्तियारले एनसेल प्रकरणमा २३ करोट बिना नियम लाभ लिएर छुट दिई भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दायर गरेपछि हिराशतमा राखिएपनि बिरामी भएको नाटक गरि नर्भिक अस्पतालमा बसेका थिए । पछिल्लो समय अनुसंधान गर्ने भनिएपछि उनी भागेको समाचारहरु प्रकाशित भएका छन् । चुडामणी ले काठमाण्डौ छाडेभने कि त पोखरामा कि त भारतमा आफन्तकोमा गएको हुन सक्ने परिवारिक स्रोतको दाबी छ ।

त्यस्तै पछिल्लो समयमा २३ करोड भ्रष्टाचारमा मुछिएका आन्तरिक राजश्व बिभागका निलम्बित प्रमुख चुडामणी शर्मा र नबनिर्बार्चित प्रतिनिधि सभाका साँसद नवराज सिलवाल प्रहरीको खोजी सूचीमा परेका छन् । पूर्ब डीआईजीपी समेत रहेका ललितपुर क्षेत्र नम्बर १ का साँसद नवराज सिलवाललाई प्रहरीले दैनिक रुपमा खोजी गरिरहेको छ भने भ्रष्टाचारको अभियोग लागेर धरौटीमा छुटेपनि अख्तियारले अनुसंधान गर्ने समाचार प्रकाशित भएपछि एकाएक फरार रहेको बताईएको छ । शर्मा न कतै सार्बजनिक कार्यक्रममा जान्छन्, न बुढानिलकण्ठस्थीत आफ्नो बिशाल घरमा नै बस्छन् । डीआइर्जी सिलवाल पनि आफ्नो ट्वीटर र फेसबुकबाट बेला बेला आफू जनताको घरमा नै भएको बताएपनि प्रहरी सम्पर्कमा आउदैनन् ।
आखिर बिशिष्ट ब्यक्तीहरु किन प्रहरीसँग लुक्छन् । आखिर उनीहरुलाई प्रहरीले किन भेट्दैनन् । कसै अनुमान लगाउने समय नहुन पनि सक्छ ।
उनीहरु सर्बसाधारणसंग सेलेब्रेटी भएका हुन्छन्, जनताले उनीहरुलाई राम्ररी चिन्दछन् तैपनि किन उनीहरुलाई प्रहरीले भेट्टाउदैन त ? गम्भिर चासोको बिषय हो यो ।

चाहे जो सुकै किन नहोस प्रहरी अनुसँधान गर्न खोजेको मानिस भाग्नु राम्रो होईन, राज्यको कानुन अनुसार प्रहरीले जो सुकै ब्यक्तीलाई पनि अनुसंधान गर्न पाउनुपर्छ । यदी अनुसंधान गर्न लागिएको ब्यक्ती संपर्कमा आएन भने त्यो अपराधि ठहरिनुपर्छ ।

नवराज सिलवाल काहाँ छन ?
सरकारले आफू सिनियर र क्षमतावान भएका कारण डीआईजीबाट आईजीपी नबनाएको भन्दै सर्बोच्च अदालतमा रिट हालेका सिलवाल पछिल्लो समयमा आफैँ गलत सावित भए । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट टिकट पाएर प्रतिनिधि सभाको सांसद समेत भएका सिलवालले आईजीपी हुन पाँउ भनेर सर्बोच्च अदालतमा दिएको रिटको कार्यसम्पादन मूल्याँकनको नम्बर गलत साबित भएपछि प्रहरीले प्रक्रन उनलाई खोजि गरिरहेको छ । प्रहरी बरिष्ठ अधिकृतबाट एकाएक नेता बनेका सिलवाललाई सर्बोच्च अदालतले नै अनुसंधान गर्न भनेपछि सरकार र प्रहरी प्रशाशन उनलाई अनुसंधानको घेरामा ल्याउन बाध्य बनेको छ ।
एउटा प्रश्न चिन्ह भने देखिन्छ कि सिलवाल काँहा छन् भन्ने प्रहरी बेखबर भने छैन, किनकी कतिपय प्रहरीका बरिष्ठ अधिकृतहरु उनीसंग इन्स्पेक्टर हुंदादेखी नै संगत गरेका छन् । सिलवाल नेपाल बाहिर छन् भन्ने पनि समाचार आईरहेको छ तर उनी नेपाल बाहिर छैनन् किननी उृनले बेला बेलामा सरकारलाई धम्क्याएका समाजिक सँजालका अभिब्यक्ती हेर्दा उनी नेपालमै छन् । उनी एमालेका कुनै शक्तीशाली नेताको संरक्षणमा छन् वा कुनै बरिष्ठ प्रहरीको संरक्षणमा छन् वा सिलवाल भारतमा भएको हुनसक्ने अनुमान पनि गलत नहुन सक्छ, नेपाल र भारतबाहेक अन्त उनी छैनन् एक प्रहरीले अनुमान लगाउदै नाम नभन्ने सर्तमा भने । यो भने अनुमान मात्र हो । उनी भूमिगत बस्न सक्ने प्रबृतीमा मानिस हैनन् ।

चुडामणी शर्मा नि ?
सामान्य जिबनबाट एकाएक आर्थिक रुपमा जिबन कायापलट ल्याउन सक्ने लेखक समेत रहेका आन्तरिक राजश्व बिभागका निलम्बिर कार्यकारी निर्देशक चुडामणी शर्मालाई केहिदिन अख्तियारले आफ्नो नियान्त्रणमा लिएर अनुसन्धान गर्यो । सर्बोच्च अदालतले धरौटीमा रिहा गरेको केहि हप्तापछि पुनः अनुसंधान गर्ने बताएपछि उनी एकाएक फरार छन् । शर्मा सुनसरी जिल्लाको सिडिओ, काठमाण्डौको सिडिओ, सम्पति शुद्धिकरणको प्रमुख हुंदै आन्तरिक राजश्व बिभागको प्रमूख हुंदा सम्म राजनीतिक दलका माथील्लो स्तरका ब्यक्तीत्व बाहेकलाई वास्ता नगर्ने अवस्थाममा पुगीसकेका थिए । अख्तियारले एनसेल प्रकरणमा २३ करोट बिना नियम लाभ लिएर छुट दिई भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दायर गरेपछि हिराशतमा राखिएपनि बिरामी भएको नाटक गरि नर्भिक अस्पतालमा बसेका थिए । पछिल्लो समय अनुसंधान गर्ने भनिएपछि उनी भागेको समाचारहरु प्रकाशित भएका छन् । चुडामणी ले काठमाण्डौ छाडेभने कि त पोखरामा कि त भारतमा आफन्तकोमा गएको हुन सक्ने परिवारिक स्रोतको दाबी छ ।
सामान्य कर्मचारी भएपनि कराँडौको हिसाबमा चल्ने भएपछि उनले साधारण जनतालाई वास्ता गर्न छाडेका थिए । सानो सानो काम पर्दा समेत माथी मिलाउनुपर्छ हजुर भन्दै पैसा माग्ने बानी थियो शर्माको भन्ने एक ब्याबशायीले बताए ।
प्रहरीले अनुंसधान गर्न चाहेका ब्यक्तीलाई बिना पूर्बाग्रह पक्रेर कारबाही गर्नुपर्छ । फरारलाई पक्रन कुनै कशर बाँकी राख्नुहुन्न ।