राजनीति

दूताबासको गणतन्त्र दिबशको कार्यक्रममा अध्यक्ष ओली अनुपस्थित, भारतसंगको दूरी बढ्यो

काठमाडौँ । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा भारतीयदूताबासले बिशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बिशिष्ट ब्यक्तीहरुको सहभागीता भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनः प्रमुख अतिथी थिए भने समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित भए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो ।

समारोहमा राजदूत पुरीले नेपाली नागरिक डा सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भारत सरकारले गरेको जानकारी दिँदै यसै वर्ष विशेष समारोहमा उक्त सम्मान प्रदान गरिने बताए । भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उनले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भने ।

आजै बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपतिले जारी गरेको सन्देश वाचन गरेका थिए । उनले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गरे । समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
भारतको महत्वपूर्ण कार्यक्रममा भाबी प्रधानमन्त्रीको रुपमा समेत हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुनुले उनीसंग पछिल्लो समयमा भारतसँगको सम्बन्ध चिसिएको बिश्लेशकहरुले बताएका छन् । समारोहमा माओबादी अध्यक्ष पुष्पकमल दहाल भने उपस्थिति भएका थिए । एमालेबाट माधब कुमार नेपाल, नयाँशक्तीका संयोजक बाबुराम भट्टराई सहभागी थिए ।