खेलकुद

शेर्पा र ८९ वर्षीया आमा मुङगा गुरुङद्वारा बास्केटबल कोर्टको उद्घाटन

पोखरा । पोखरा-लेखनाथ महानगरपालिकास्थित अर्मलाकोटमा नवनिर्मित बास्केटबल कोर्टको मंगलबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा र कोर्ट निर्माणका लागि विशेष सहयोग गरेका जितबहादुर गुरुङकी ८९ वर्षीया आमा मुङगा गुरुङले संयुक्त उद्घाटन गरे ।
उद्घाटनपछि कोर्ट समुदायलाई हस्तान्तरण गरिएको थियो । जितबहादुरले २०७१ सालमा करिब ४ रोपनी जग्गा खरिद गरी कोर्ट निर्माण कार्य सुरुआत गरिएको थियो । कोर्ट निर्माणमा जितबहादुरलगायत देश विदेशमा रहेका विभिन्न दाताकोहरुको सहयोग रहेको बताइएको छ ।
उपाध्यक्ष शेर्पाले अर्मलाका समुदायले विदेशमा रहेरपनि आफ्नो गाउँ सम्झेर खेलकुद विकासमा गरेको लगानी प्रशंसनीय कार्य भएको बताउदै कोर्टलाई थप विस्तार गर्न राष्ट्रिय खेलकुद परिषद्ले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।