खेलकुद

यसरी देखियो इडेन ब्रिजको विजयी नजिक

काठमाण्डौ । इडेन ब्रिज एकेडेमीले १० औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ ।
इडेन ब्रिजले दीप एकेडेमीलाई २५–१८ ले पराजित ग¥यो । इडेन ब्रिजको जितमा सुनील केसीले १२ अंक योगदान गरे ।
जुनियर ब्वाइजमै एन्जल्स हार्टले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ३०–१२, लक्ष्मीपुरले आयोजक ओडिसी इन्टरनेसनल एकेडेमीलाई १५–१३, माउन्ट ग्लोरीले ज्ञान मालालाई १६–५, हिमरश्मीले बेल मोन्टलाई २०–१५ र लालीगुराँसले स्किब्सलाई ३१–१५ ले हराए ।
सिनियर गल्र्सको थ्री बाइ थ्रीमा ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) र बीएनए क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टीआईए समूह ‘बी’ को विजेता तथा बीएनए सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
प्रतियोगिताको काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेमकुमार राई र ओडिसीका प्रिन्सिपल नारायण रोकाले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । माघ १५ गतेसम्म चल्ने प्रतियोगिताको जुनियर ब्वाइजमा २४ र गल्र्समा १६ टिम सहभागी छन् ।