राजनीति

मिचिएको सिमामा दबाव दिन नेविसंघ

काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकन गर्ने भएको छ । केन्द्रिय समितिको प्रतिनिधिमण्डल सहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १ स्थित छपकैयामा भारतले सीमा मिचेको स्थानको अवलोकनका र दबावका लागि जान लागेको नेविसंघ केन्द्रिय सदस्य तारक प्रतिभा के.सीले जानकारी दिए । अबलोकनपछि समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिने र भारत सरकारलाई राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउने उनले बताए । नेविसंघले गत माघ ५ गते नेपाली सीमाको रक्षा गर्नभन्दै काठमाडौँमा र्याली निकालेको थियो

दीर्घकालीन समाधानका लागि बंगलादेश र भारतको जस्तै वैज्ञानिक सीमाङ्कन पद्धती अपनाउनुपर्ने भन्दै उनले बारम्बार सीमा मिचिरहने भारतीय प्रवृत्ति नेपाली युवाहरुका लागि सह्य नहुने चेतावनी दिए । नेपालप्रतिको हेपाहा प्रवृत्तिले भारत स्वयमं विश्व समुदायमा उदांगो बन्दै गएको उनले बताए, ‘नाकाबन्दीको घाउ सेलाउन नपाउदै यस्तो हस्तक्षेपको निति लिनु भारतका लागी समेत प्रत्युतपादक छ उनले जोडे ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको स्थानीयवासीले दाबी गर्दै आएका छन् । सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा ५० विगाहा जमिन भारतले आफ्नोतर्फ लिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।