आर्थिक

एनआईसीको २ नयाँ शाखाहरु झापाको धुलाबारी र काकरभिट्टामा

काठमाण्डौ । एनआईसी एशियाको २ नयाँ शाखाहरु उद्घाटन गरेको छ । एउटा मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा सोमबार एक समारोहका बिच् औपचारिक रुपमा उुद्घाटन गरेको छ । मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यज्यू बाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।