स्वास्थ्य

९ आयुर्वेदिक उपायबाट अाफ्नो स्टामिना बढाउनुहोस्

काठमाडौं । स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ । भित्रैबाट बलियो बन्न चाहनुुहुन्छ भने स्टामिना मजबूत बनाउनुस् । यसका लागि आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइन्छ।

अश्वगन्धा
यो प्राचीन औषधिले पूरै शरीरमा प्रभाव पार्छ । तनाव, कब्जियत र बाथरोगबाट पनि यसले मुक्ति दिन्छ । तनावका कारण तपाईं शरीरलाई स्वस्थ आहार दिनुहुन्न जसकारण स्टामिना कम हुन्छ । अश्वगन्धा खाँदा तपाईं स्वस्थ हुनुहुन्छ र स्टामिना पनि बढाउन सक्नुहुन्छ ।

शतावरी
यसको रोगनाशक शक्तिले ग्यास र स्नायु प्रणालीमा सकारात्मक असर पार्छ । यो प्रयोग गर्दा स्टामिना बढ्छ र तपाईंभित्र आत्मविश्वास बढ्छ ।

ब्राह्मी
ब्राह्मीमा भएका एन्टीअक्सिडेन्टहरूले स्टामिना बढाउन सहायता गर्छन् र तौल बढ्न रोक्छन् । यिनीहरूले शरीरका विषाक्त कुरा शरीरबाट निकालेर रक्तकोशिकाहरूलाई विकसित गर्छन् ।

शिलाजीत
प्राचीनकालदेखि नै शिलाजीतको प्रयोग स्टामिना बढाउनका लागि गरिँदै आएको छ । यसले शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ ।

यसबाहेक गोकशुरा, घिउकुमारी, नीम जस्ता आयुर्वेदिक औषधिले पनि स्टामिना बढाउन मद्दत गर्छन् ।

अनि केही अन्य खानेकुराले पनि स्टामिना बढाइदिन्छन्, जस्तै :

ओट्स
ओट्समा भारी मात्रामा ऊर्जा हुन्छ । दिनदिनै दूधका साथ ओट खाने गर्नुभयो भने शरीरको तागत र क्षमता बढ्छ ।

स्प्राउट्स
स्प्राउट्स अर्थात् टुसा पलाएका दानादुनीहरू खानुभयो भने पनि स्टामिना बढाउन सक्नुहुन्छ । टुसा पलाएको मुँगको दाल सबभन्दा बढी लाभदायक हुन्छ ।

गाईको घिउ
तागत बढाउन र शरीरलाई बलियो बनाउन गाईको घिउ सेवन गर्दा लाभदायक हुन्छ ।

पालुंगोको झोल
पालुंगोको झोलले शरीरलाई आवश्यक सबै पोषक तत्त्व प्रदान गर्छ र ऊर्जा दिन्छ । यसमा भएको क्याल्सियमले स्टामिना बढाउन सहायता गर्छ ।

केरा
शरीरलाई ऊर्जा दिने सबभन्दा राम्रो स्रोत केरा पनि हो ।

एजेन्सी