स्वास्थ्य

जाडोमा मौसममा घाममा राखेको अण्डा स्वास्थ्यको लागि कतिको लाभदायक

यदि जाडो मौसममा तपाईं अण्डा धेरै खान रुचाउनु हुन्छ भने त्यो तपाईको स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हो । विशेषगरी जाडो मौसममा अण्डा खान यस कारण रुचाउछन् किन कि अण्डामा पर्याप्त मात्रामा पौष्टिक तत्व र भिटामिन डी को मात्रा पाइन्छ । तर के तपाईंलाई थाहा छ , अण्डामा कसरी भिटामिन डी पाईन्छ ?

यदि तपाईंले यो थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नुहुन्छ । जुन कुखुरा घाममा बढी समय रहन्छ, त्यो कुखुराको अण्डामा बढी न्यूट्रिएन्ट्स हुन्छ र त्यसमा भिटामिन डी को मात्रा पनि अन्य अण्डाको तुलनामा बढी हुन्छ । यो सुनेर सबैलाई अचम्म लाग्नु स्वभाविक हो । एक अध्ययनका अनुसार यस विषयमा गरिएको अनुसन्धानमा यो तथ्य सार्वजनिक गरिएको छ । बेलायतस्थित रिडिंग यूनिभर्सिटीले २७० वटा अण्डामा एक अनुसन्धान गरेको थियो जसमा कुखुराहरुलाई पिजडाभन्दा बाहिर घाममा र खुला हावामा राख्दा उनको अण्डामा भिटामिन डी बढी मात्रामा पाईन्छ ।

त्यसैगरी जुन कुखुरा दिनभर पिजडामा राखिन्छ उनीहरुको अण्डामा भिटामिन डी को मात्रा कम हुन्छ । अनुसन्धानका अनुसार अर्गानिक फार्मबाट आउने अण्डामा 25 hydroxy D3 .मात्रा बढी हुन जान्छ जसले मानिसको स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ । अनुसन्धानका अनुसार ‘फ्री–रेन्ज’ अण्डामा २ माइक्रोग्राम सम्म भिटामिन डी हुन्छ । त्यस्तै अर्गानिक अण्डामा २.२ माइक्रोग्राम र अन्यमा १.७ माइक्रोग्राम भिटामिन डी पाइन्छ ।

विषेशज्ञहरुका अनुसार एक व्यस्क व्यक्तिलाई दैनिक १० माइक्रोग्राम भिटामिन डी को आवश्यकता हुन्छ भने बच्चालाई ७ देखि ८.५ माइक्रोग्रामको आवश्यकता हुन्छ ।

घाममा राखेको अण्डा खानुको फाइदा यी हुन्–

१. अण्डामा पाइने अमीनो एसिडले तपाईंलाई फिट राख्नमा मद्दत गर्छ ।

२. गर्भावस्थाको समयमा महिलाहरुले अण्डा खानाले गर्भभित्रको बच्चाको मानसिक र शारीरिक विकासका लागि फाइदाजनक हुन्छ ।

३. अण्डामा lutein र  zeaxanthin पनि पर्याप्त मात्रामा पाइन्छ । जसले आँखाको समस्या मोतिबिन्ंदुको खतरा कम हुन्छ । साथै यसले आँंखाको मांसपेशिलाई पनि बलियो बनाउने काम गर्छ र यसमा पाइने एन्टीअक्सीडेन्टले रेटीनालाई पनि स्वस्थ राख्छ ।

४. विहान खाजामा अण्डा खानु फाइदाजनक हुन्छ । यसले शरीरको तौल नियन्त्रणमा रहन्छ । अण्डा खानाले शरिरमा शक्ति प्राप्त हुनुका साथै पेटको समस्या पनि कम हुन्छ ।

५. अण्डामा पाइने ओमेगा–३ फैटी एसिड, भिटामिन भी–१२ र डी ले हाम्रो मस्तिष्क पनि स्वस्थ रहन्छ । उसो भिटामिन डी अण्डा बाहेक माछा र पनीरमा पाईन्छ ।

एजेन्सीको सहयोगमा