राजनीति

एमाले–माअ‍ोवादीबीच पार्टी एकता ओझेलमा, बालकोटमा भयो यस्तो सहमति !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीच भेटवर्ता भएको छ ।

शुक्रबार ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटमा पार्टी एकता र नयाँ सरकार गठनका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनाकारी दिएका छन् ।

तीन घण्टा वान टु वान भेट गरेका ओली र दहालकाबीचमा पार्टी एकता र पद बाँडफाँडका विषयमा छलफल भएको बताइएको छ । दुई अध्यक्षले कार्यदलले दिएको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । साथै उनीहरुले माघ ७ गते एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

लामो समय भएको भेटमा पार्टी एकताको विषय भने ओझेलमा पर्दै गएको छ । उनीहरुबीच पद बाँडाफाँडको विषयमा कुरा मिल्न नसक्दा एकता पनि धरापमा पर्दै गएको छ । पद बाँडफाँडको विषयमा खासै विषयमा खासै गम्भीर कुराकानी नभएको स्रोतको दाबी छ ।

अध्यक्ष ओली बैंककबाट फर्किएपछिको दुई अध्यक्षबीचको भेटघाटले एकता संयोजन समितिको बैठक बोलाउने अलवा कुनै पनि सहमति गर्न नसकेको कारण एमाले माोवदाी एकता अन्योलमा भएको अनुमान लगाउन सकिन्छ । तीन घण्टा भन्दा बढी कुराकानी हुँदासम्म एकताका विषयमा महत्वपूर्ण डिल भएको खबर बाहिर नआउनु वाम एकता भएको देख्न चाहने वामपन्थीहरुका लागि दुःखको कुरा हुनसक्छ । दुई अध्यक्षबीच शनिबार भेट्ने सहमति भएको छ ।