पु.समाचार

डिल्लीबजार जेलबाट दुई कैदी फरार, छानबिनमा प्रहरी नै तानिए

काठमाण्डौ । डिल्लीबजार जेलबाट दुई कैदी भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा जेल परेका टीकाबहादुर थापा र भुपाल थापा फरार भएका थिए । भुपाललाई भने प्रहरीले पक्राउ गरिसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए ।

बिहीबार राति कारागारमा रहेको गलैंचा कारखानाको तार काटेर उनीहरु भागेका थिए ।

प्रहरीको मिलोमतोमा कैदी भागेको हुन सक्ने भन्दै प्रहरीले डिउटीमा रहेका प्रहरीमाथि नै अनुसन्धान सुरु गरेको जोशीले बताए । प्रहरी कैदी भागेका विषयमा अनुसन्धान समिति बनाएर छानविन गर्ने बताइएको छ ।