प्रवास

तामाङ सोसाइटी अफ उत्तर अमेरिकाको अध्यक्षमा लक्यान लामा सर्वसम्मत चयन

न्यूयोर्क । तामाङ सोसाइटी अफ उत्तर अमेरिकाको अध्यक्षमा लक्यान लामा सर्वसम्मत चयन भएका छन् । न्यूयोर्कमा हालै सम्पन्न प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ ले अध्यक्षमा लामा र महासचिवमा डोल्मा घिसिंङसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सम्मेलनले ११ बुँदे न्यूयोर्क घोषणापत्र पनि जारी गरेको छ । मुभिंग फरवार्ड टुगेदर टु बिल्डिंग अ स्ट्रंगर कम्युनिटी अर्थात सवल समुदायको निर्माणको लागि हाम्रो संयुक्त अभियानु मुख्य नारासहित नेपालका तामाङहरुको आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उदेश्य राखेर उत्तर अमेरिकी क्षेत्रमा संगठित तामाङ संघरसंस्थाहरुको सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनले न्युयोर्कमा दर्ता भएको तामाङ सोसाइटी अफ अमेरिकाको नामलाई परिवर्तन गरेर तामाङ सोसाईटी अफ नर्थ अमेरिका बनाएको छ। साथै उत्तर अमेरिका क्षेत्रको साझा संस्थाको रुपमा निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारसँग तामाङहरुको आदि थलोलाई ताम्सालिङ स्वायत्त प्रदेश र राज्य घोषणा गर्न माग गरेको छ ।

त्यस्तै ताम्सालिङ प्रदेश र राज्यभित्रका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको नामकरण स्थानीय ऐतिहासिक गाथा र तथ्यको आधारमा राखिनु पर्ने माग गरेको छ ।

तामाङ जातिको संस्कार, संस्कृति र भाषाको अभ्यास, संरक्षण र प्रवर्द्धनको लागि तामाङ सामुदायिक साँस्कृतिक केन्द्र स्थानीय संस्थाको अगुवाई र केन्द्रीय नेतृत्वको समन्यवयकारी भूमिकामा आवश्यकता अनुसार निर्माण गर्दै जाने, उच्च शिक्षा तथा लोकसेवा आयोग र अन्य निजामती सेवामा तामाङहरुको उपस्थिति वृद्धि गर्ने उदेश्यसहित तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्वमा नेपालमा एउटा शैक्षिक कोष खडा गर्ने, तामाङ अभिलेख, ग्रन्थकार तथा लोकग्रन्थहरुको अभिलेख राख्न आवश्यक कार्यक्रम तर्जुमा गर्दै तामाङ साहित्यको संकलन, अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्ने, संचालन गर्ने , नेपालका तामाङहरुको आर्थिक विकासको निम्ति विज्ञहरुको सहयोगमा आर्थिक कार्यक्रमहरु तर्जुमा गर्ने र लागू गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

सम्मेलनमा तामाङ समुदाय र आदिवासी जनजातिको क्षेत्रमा पत्रकारितामार्फत योगदान पुर्याएकोमा मच्छेदेवी गुरुङ र मानछिरिङ तामाङलाई सम्मान गरिएको थियो । गूरुङ अमेरिकामा प्रकाशित एभरेष्ट टाइम्ससँग आवद्ध छिन्भने तामाङ नेपाली बुलेटिन अनलाइनका सम्पादक हुन् ।

उद्घाटन सत्रमा नेपाल सरकारका महाबाणिज्यदुत मधुकुमार मरासिनी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुईसाङ वाइबा, तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा, जापानका लागि पूर्व नेपाली राजदूत डा. गणेश योञ्जन, भाषाविद् अमृत योञ्जन, टिएसएका पूर्व अध्यक्ष भरत मोक्तान, टिएसएका पूर्व अध्यक्ष तथा तामाङ कल्चर बुद्धिष्ट सेन्टरका संयोजक इन्ऽ तामाङ लगायतले सम्मेलनलाई अर्थपुर्ण बनाउन आग्रग गरेका थिए ।

सम्मेलनले न्युयोर्कबाट मोहन वाईबा, महासचिवमा डोल्मा घिसिङ,सचिवमा न्युयोर्कका प्रेम स्याङदेन, र मिडिया संयोजकमा ङिमा पाख्रिन तामाङ, कोषाध्यक्षमा नाम्गेल लामा ,सहकोषाध्यक्ष उमा तामाङ, सदस्यहरुमा मथु लामा, शंकर वाईबा र सुर्य मोक्तान , डिम्पल योन्जन, गोभिन लोप्चन गरि जÞम्मा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।