अन्तर्राष्ट्रिय

गलत पुष्टि गर्ने प्रयास भयोः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्रिकी देशबारे गरेको सम्बोधनलाई लिएर आफूलाई गलत पुष्टि गर्ने प्रयास भएको मङ्गलबार बताएका छन् ।

केही दिन पहिले ट्रम्पले केही अफ्रिकी देशबारे अशिष्ट र अपमानजनक भाषा प्रयोग गरेको विवरण सार्वजनिक भएको थियो । तर उनले आफूमाथि लगाइएको आरोप गलत रहेको दावी गर्दै त्यसकोे खण्डन गर्दै आएका छन् ।

राष्ट्रपति ट्रम्पले भने, “उमेरका गैरकानूनी आप्रवासीलाई रोक्न र योग्य जनशक्ति भित्र्याउनका निम्ति गर्न लागिएको एउटा सम्झौता प्रयासमा ममाथि लगाइएको गलत आरोपले समस्या उत्पन्न भएको छ ।” मेरो मनसाय कसैलाई आक्षेप लगाउनु नभै बालबालिका तथा किशोरलाई शरणार्थीका रूपमा प्रवेश गराइनु गलत हुने र देशमा योग्य जनशक्ति भित्राउन फरक समाधान खोज्नुपर्ने हो, ट्रम्पले भने ।

आप्रवासन सुधारसम्बन्धी एउटा बैठकमा राष्ट्रपतिले “आपत्तिजनक र जातिवादी“ टिप्पणी गरेको भन्ने डेमोक्र्या्टिक सिनेटर डिक डर्बिनले गरेको दावीबारे ट्रम्पले पछिल्लो जवाफ दिने क्रममा पछिल्लो भनाई आएको हो ।

मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी गत शुक्रबार आलोचना गरेको थियो ।

वासिङ्टन पोस्ट पत्रिकाकामा ट्रम्पले गत बिहीवार आप्रवासन सम्झौतासम्बन्धी एउटा प्रस्तावमाथि राष्ट्रपति कार्यालयमा छलफल गरेरपछि रिपब्लिकन र डेमोक्र्या्टिक सांसदहरू फर्केपछि उक्त विवाद शुरू भएको थियो ।