स्वास्थ्य

किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने कारण

पाठेघरको मांशपेसी बाग्लो भएर वा पाठेघरको मुखमा मासु पलाएको क्यान्सरका कारण पनि बढी रगत बग्न सक्छ । हर्मोनकै अनियमितताका कारण हरेक महिनावारी चक्तमा तयार हुनु पर्ने डिम्ब तयार नहुन सक्छ । डिम्ब परिपक्क भयो भने मात्र त्यो डिम्ब डिम्बासयबाट निस्केर पाठेघरतर्फ आउछ । डिम्ब बस्ने ठाउ वा गिंफियन फोलिकल, डिम्ब निस्केपछि कर्पस ल्युटियम भन्ने संरचनामा परिणत हुन्छ । त्यो संरचनाले प्रोजेस्टेरोन हर्मोन निकाल्छ ।

तर डिम्ब निस्कने प्रकृया नै भएन भने शरीरमा प्रोजेस्टेरोनको कमि हुने तर एस्टोजन नामको हर्मोन उत्पादन भने भइरहने हुन्छ । प्रोजेस्टेरोनको कमी भएको बेला एस्टोजेन हर्मोनले चाहिने भन्दा बढी पाठेरघको भित्री तहलाई बाग्लो बनाउछ । यसरी बाक्लिएको भित्ताबाठ महिनावारीको समयमा धेरै रगत बग्छ । किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने प्रमुख कारण यही हो ।

यो अवस्थामा शरीरमा हरेक अंग परिपक्त भइसकेका हुन्छन । किशाेरी अवस्थामा ८५ प्रतिसत डिम्ब निस्कासन समयमा हुदैन । बिस्तारै यो अंग परिपक्त हुदै निको भएर जान्छ । यस्तो बेलामा चिकित्सकको सल्लाह लिनुपर्छ । ग्रन्थीहरु थाइरोइड, पिट्टुटरी, एडीनल ग्रन्थीमा हुने गडबढीका कारण शरीरमा हर्मोनको असामन्ज्यस्यता आउछ । जसको कारण महिनावारीमा गडबढ हुन्छ । संक्रमण, रगत सम्बन्धी समस्या वा शररिका भित्री भागहरुले काम गर्न नसक्ने अवस्था आउछ ।

प्रजनन मार्गमा हुने यौन प्रशारित संक्रमित रगत जम्न चाहिने तत्वहरुको अभाव, मिर्गौला र मुटुकोे खरावी समस्याले पनि महिनाबारीमा रगत बढी जान्छ । डाक्टरले उपलब्ध गराउने हर्मोन चक्की वा पाठेघरमा राख्ने आईयुडीका कारण पनि महिनावारीमा गडबढी आउन सक्छ । यस किसिमको समस्या देखिए चिकित्सकको सल्लाह लिनु बुदिमानी हुन्छ ।

डा.खेम कार्की

एजेन्सीकाे सहयाेगबाट