स्वास्थ्य

राति सुत्नुअघि भुलेर पनि यी काम नगर्नुस्

रातको समयमा सुत्नुअघि गरिने केही गल्तीको कारण पनि हाम्रो तौल बढ्न सक्छ ।

तल पढ्नुहोस् सुत्नुअघि हुने १० गल्ति जसको कारण हाम्रो शरीरको तौल बढ्न सक्छ । स्वभाविक तौल हुनु स्वास्थ्यको लागि राम्रो हो तर सामान्य भन्दा बढी तौल बढ्नु स्वास्थ्यको लागि निकै नराम्रो हो त्यसैले तलको टिप्स तपाईलाई फाइदाजनक छ ।

१. सुत्नु अघि धेरै पानी पिउने बानी नगर्नुस् ।

२. रातको समयमा चर्को लाइट बालेर नसुत्नुस अन्यथा मेलाटानिन् हर्मनको ह्रास आउँछ । यसको कारण पछि(पछि निन्द्रा नलाग्ने समस्या आउनुको साथै तौल पनि बढ्छ ।

३. धेरै समय जागै बस्दा पनि सरिरको तौल बढ्छ ।

४. सुत्दा आफुलाई सजिलो लाग्ने कपडा लगाएर सुत्ने बानी गर्नुस् । अफ्ट्यारो कपडामा सुत्दा बढी चालिन्छ जसको कारण निन्द्रा डिस्टर्ब हुन्छ । यसले तौल बढाउने हर्मोनको मात्रामा बृद्दी गर्छ ।

५. यदी कोठामा एसी वा पंखा लगाएर सुत्ने बानी छ भने ध्यान दिनुस् गलत तापक्रमले पनि तौल बृद्दी गराउँछ । बढी गर्मी हुँदा फ्याट बर्न गर्ने हर्मोनको लेवल कम हुन्छ र तौल बढ्न सक्छ ।

६. सुत्नुअघि चिया वा कफी पिउने बानी नगर्नुस् ।

७. सुत्नु अघि कसरत नगर्नुस् । कसरत गर्नु छ भने सुत्नुभन्दा १–२ घण्टाअघि नै गर्नुस् ।

८. बढी क्यालरी भएको खाना नखानुस । विशेषगरी मोटा व्यक्तिहरुले बेलुकाको खानामा चामल, आलु नखानु राम्रो हुन्छ ।

९. बेलुकाको खाना सुत्नु भन्दा २ घण्टा अघिनै खानु राम्रो हुन्छ ।

१०. सुत्नुअघि रक्सी वा बियर पिउने बानी छ भने त्याग्नुस । बियर पिउँदा मोटाइन्छ भन्ने मान्यता छ तर बास्तबिकता के हो भने बियर वा रक्सीको कारण मानिसको निन्द्रामा असर पर्छ, जसको कारण तौल बढ्छ ।