आर्थिक

ज्योति विकास बैंकको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो दसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

आइतबार राष्ट्रिय शभा गृहमा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गरी संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । ज्योतिविकास बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीकोे दश प्रतिशतका दरले बाइस करोड आठ लाख त्रिसठी हजार चार सय विस रुपैयाँ प्रदान गर्नेछ ।

साथै तत्कालिन राप्तीभेरी बिकास बैंकका शेयरधनीहरुलाई गतआ.व. २०७३-७४ को नाफाबाट तत्कालिन राप्तीभेरी विकास बैंकको संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे छ प्रतिशतका दरले चौरानब्बे लाख तेइस हजारआठ सय तेइस रुपैयाँ बोनस शेयर वितरण गर्न स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार विकास बैंकको प्रवन्धपत्र नियमावलीमा संशोधन गरिने छ ।

विशेष प्रस्ताव बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्वि गर्न विकास बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ । प्रस्तुतभएको प्रतिवेदनउपर विभिन्न शेयरधनीहरुले टिप्पणी गरे साथै अध्यक्ष हरिचन्द्र खड्का तथा नायव प्रमुखकार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिएपश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

बैंक संचालनमा आएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबिबिएस सेवा समेत उपलब्ध गराएको छ ।

साविक राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात एवं ११ वटा नयाँशाखा संचालनमा ल्याए पछि शाखा संजाल ४९ वटा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढने छन् । चालु आ.व.मा बैंकले करिब १ लाख २२हजार खाताबाट १३ अर्व ४ करोड निक्षेप संकलन गर्न र १० हजारभन्दा बढि ऋणी मार्फत १२अर्व १० करोड ऋण लगानी गर्न सफलभएको थियो । यस पश्चातबैकको चुक्तापूँजी २ अर्व ५९ करोड भएको बैंकले जनाएको छ ।