पु.समाचार

ठगीको नयाँ धन्दा, ‘रअ’ मा जागिर लगाउने भन्दै यसरी पैसा असुल्थे यी युवा

काठमाण्डौ । नेपालमा ठगीका विभिन्न रुप देखिन थालेको छ । त्यसमध्ये पनि देशकै राजधानी काठमाण्डौ त झन् ठगहरुको केन्द्र नै बन्न थालेको छ । बाबुले छोराछोरी बेचेको घटना पनि ताजै छन् यहाँ ।

आइतबार भारतको बाह्य गुप्तचर निकाय ‘रअ’मा जागिर लगाइदिने भन्दै झण्डै सय जना युवाहरुलाई ठगेर बिचल्ली पार्नेलाई प्हरीले पक्राउ गरेपछि ठगीको नयाँ स्वरुप पत्ता लागेको हो । महानगरीय अपराध महाशाखाको टोलीले सप्तरीका रमाकान्त नौनियालाई काठमाण्डौबाट पक्राउ गरी अनुसन्धानका लागि सिहरासतमा राखेको छ । नौनियाले झण्डै सय जना युवाहरुलाई ‘रअ’मा जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए ।

अहिलेसम्म १५ जनाले मात्र नौनियाविरुद्ध जाहेरी दिएको लोहनीले जनाए । भारतीय दुतावासको लेटरहेड प्रयोग गरी नियुक्ती पत्र दिइएको पीडित युवाहरुले बताएका छन् । भारतीय दुतावासको लेटरहेड सक्कली हो कि नक्कली भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सप्तरीका नौनिया काठमाण्डौमा बसेर ठगीको धन्दा राम्रैसँग चलाउँदै आएका थिए ।

नौनियाले युवाहरुलाई मासिक भारु ५० हजार रुपैयाँ तलब हुन्छ भन्दै मख्ख पार्थे । र आफूले उक्त काम लगाइदिए बापत चार महिनाको तलब दिनुपर्ने बताउँथें । आफ्नै देशको सुचना अरुलाई दिन रुपैयाँ दिएर जागिर खान खोज्ने युवाहरुमाथि पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।