राजनीति

वाम गठबन्धनबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष टुंगो लाग्यो, माओवादी नेताले गरे यस्तो खुलासा

भक्तपुर । पूर्वमन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले पाँच बर्षसम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताएका छन् । रफत सञ्चार क्लबमा आइतवार आयोजीत कार्यक्रममा बोल्दै शाहीले अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए पुष्पकमल दाहाल पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उनले आग्रह गरे।

उनले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै उनले बामगठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताए ।

उनले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताए । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उनले बताए ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए । उनले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने बिबाद नरहेको समते दाबी गरे । छ नंम्बर प्रदशेका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निर्वाह गर्ने समेत बताए ।