अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम जोङसँग ट्रम्पको राम्रो सम्बन्ध छैनः ह्वाइट हाउस

वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको भनी प्रकाशित एक समाचारको खण्डन गरेको छ ।

उनले भनेको भनी अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको एक समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो ।

उक्त पत्रिकालाई दिएको एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भनेको भनी प्रकाशन गरिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले त्यसो भनेको भनी उक्त गलत उद्धरणको खण्डन गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डरर्स्ले भनेका छन्– राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन ।

उनले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर सो अन्तरवार्तामा नभनेको भनी दाबीसहितको विज्ञप्ति प्रवक्ताले प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

उक्त अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स् र सो वाल स्ट्रिट जर्नल पत्रिकाले पनि वेभसाइटमा राखेको छ ।

उक्त पत्रिकाको शनिबारको अंकमा उहाँको अन्तरवार्ता छापिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग रहेको भनी दिइएको सो अन्तरवार्ताको अमेरिकामा व्यापक मात्रामा चर्चा भएको थियो ।

सो चर्चापछि ह्वाइटहाउसले उक्त समाचारको खण्डन गरेको हो । समाचारको खण्डन गर्दै प्रवक्ता स्यान्डर्स्ले उनको अन्तरवार्ताको अडियो नै राखेका छन् ।

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच व्यापक असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो ।