सामाजिक सञ्जाल

मतदाताप्रति आक्रोशित रुपमा देखिएका रवीन्द्र मिश्रले के भने ?

काठमाण्डौ । विकेशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चुनाव हारेको रिस पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत बेथितिका विषयमा नबोल्नेलाई चुनाव जिताएर जनताले गल्ति गरेको भन्दै आक्रोश पोखे ।

उनले मतदाताको मन र मत दुवै परिवर्तन नभएसम्म देश परिवर्तन नहुने दाबी गरेका छन् ।

‘जसले रानीपोखरी झण्डै बर्बाद पारे, ज(जसले डा गोविन्द केसीलाई दुख दिए, ज(जसले न्यायलय, प्रहरी, प्रशासनमा हष्तक्षेप गरे – जानीजानी तिनैलाई विजयी गराउने मतदाताहरू अहिले दिक्क मानिरहेको हुनुपर्छ । मेरो पुरानै भनाई दोहोर्याउँ – मतदाताको मन र मत परिवर्तन नभएसम्म यो देश परिवर्तन हुँदैन !’

उनले भनेका माथिका अभिव्यक्तिहरु नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्रमा पर्ने र उनी सिंहसँग चुनाव हारेकाले उनले यो आक्रोश पोखेको देखिन्छ ।

गोविन्द केसीको पक्षमा खुलेरै सडकमा उत्रिएका मिश्रले नेता सिंहको नामै नलिई मतदाता र चुनाव जित्नेप्रति आक्रोश पोखे ।