खेलकुद

ला लिगाः रियल मड्रिडको लज्जास्पद हार

एजेन्सी । खेल सकिन ३ मिनेट अगाडी गोल खाएपछि स्पानिस ला लिगामा शनिवार रियल मड्रिड भियारियलसँग पराजित भएको छ ।

घरेलु मैदान सान्टियागो वर्नावउमै रियल भियारियलसँग १–० ले पराजित भएको हो । भियारियललाई अन्तिम समयमा खेल जिताउन पाब्लो फर्माल्सले ८७औँ मिनेटमा निर्णायक गोल गरे ।

जितपछि १९ खेलबाट ३१ अंक जोडेको भियारियाल पाँचौ स्थानमा यथावत छ तर उसले एक खेल कम खेलेको रियलसँग अंक दुरी १ मा झारेको छ । १८ खेलबाट ३२ अंक रहेकव रियल चौथो स्थानमा छ ।

हारपछि रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछाडी छ तेस्रो स्थानको भ्यालेनसिया भन्दा ५ अंकले पछि छ ।

ला लिगाकै अन्य खेलमा गिरोनाले लेगानेसलाई ६–० ले पराजित गरेको छ ।