पु.समाचार

लहरो तान्दा पहरो थर्कियो, यसरी पक्राउ परे दुर्गा तिवारीका हत्यारा

काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगी पक्राउ परेका छन् । कतारमा पक्राउ परेका तुलबहादुर सिंजालीलाई प्रहरीले शनिबार नेपाल ल्याएको हो ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको सहयोगमा उनलाई कतारमा पक्राउ गरेर शनिबार नेपाल ल्याइपुर्याएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीकी इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन् । दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भएकाले खोजी सुचीमा थिए । केही साता अगाडी पक्राउ परेका सिंजालीलाई नेपाल ल्याएको उनले जानकारी दिइन् । सिंजालीलाई कतारमा प्रहरीले दुई साताअघि नै पक्राउ गरेको थियो ।

गतवर्षको पुस ४ गते रुपन्देहीमा एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा सिंजालीको संलग्नता देखिएपछि प्रहरीको खोजी सुचीमा थिए ।  सिंजालीले पुनको निर्देशनमा नेपालमा वसेर तिवारीको हत्या गर्ने सवै प्रवन्ध मिलाएका थिए ।