मनोरञ्जन

शिवानीले आफ्नो गोप्य अंग देखाएपछि…

काठमाण्डौ । अभिनेत्री तथा गायिका शिवानी दान्डेकर अचेल सामाजिक सञ्जालमा चर्चामा छिन् । त्यसको एउटै कारण हो, उनको हट फोटोसुट । शिवानीले हालै आफ्ना केही हट फोटोहरू सोसियल मिडियामा पोस्ट गरेपछि अचेल उनको सुन्दरताको चर्चा चलेको हो ।

पछिल्लोपटक कलर्स च्यानलको चर्चित रियालिटी सो ‘खतरोके खिलाडी–८’मा देखिएकी शिवानीले उक्त सोमा कुनै कमाल देखाउन भने सकिनन् । स्पेनमा भएको सोमा उनी सुरुवातकै क्रममा बाहिरिएकी थिइन् ।

आइपिएलका थुपै्र सिजन होस्ट गरेकी शिवानी क्रिकेटरमाझ निकै परिचित छिन् । पछिल्लो समय उनी क्रिकेट छाडेर ग्ल्यामर दुनियाँमा मस्त भएकी छिन् । गत वर्ष ‘नुर’ र सन् २०१५ मा ‘सानदार’ नामक फिल्ममा देखिएकी शिवानीले ‘टाइमपास’ नामक मराठी फिल्मको आइटम डान्सबाट करिअर सुरु गरेकी थिइन् ।

म्याक्सिम इन्डियाका लागि टपलेस फोटोसुट गराएपछि चर्चामा आएकी शिवानी अस्ट्रेलियामा हुर्किएकी हुन् । उनी एमटिभीकी चर्चित भिजे अनुषा दान्डेकरकी दिदी हुन् ।