अन्तर्राष्ट्रिय

साउदीमा महिलालाई फुटबल खेल्ने खुल्ला, सरकारले गर्यो यस्तो निर्णय

रियाद । साउदी अरबका महिलाहरु पनि अवको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।

जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् ।

यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको छ ।

हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो ।

रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रबेशद्धार, शौचालय, पार्किङस्थल लगायतको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् ।

यस बर्षको मध्यबाट साउदी सरकारले महिलाहरुलाई सवारी साधन चलायन र चलचित्र हलहरुमा गएर चलचित्र हेर्न पाईने व्यवस्था पनि गर्ने निर्णय गरेको छ ।

साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवै भन्दा धेरै अनुदार मुलुक मानिन्छ ।