मनोरञ्जन

२६ वर्षीया पोर्नस्टार बलिउडमा भित्रिदैँ, यस्तो छ उनको पारिवारिक पृष्ठभूमी

एजेन्सी । बलिउडका चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्मा पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘गड सेक्स एण्ड ट्रुथ’मा व्यस्त छन् । यो फिल्ममार्फत उनले बलिउडमा दोस्रोपटक पोर्नस्टारलाई भित्र्याउँदैछन् । यसअघि पोर्नस्टार सनी लियोनी बलिउडमा आएर सफल भइसकेकी छिन् । मिया दोस्रो पोर्नस्टार हुन जो बलिउड फिल्ममा काम गर्दैछिन् ।

मिया अहिले २६ वर्षकी छिन् । १ जुलाइ १९९२ मा अमेरिकाको क्यालिफोर्नियाको पाम स्प्रिङमा जन्मिएकी मिया पोर्न इण्डष्ट्रीमा आउनुअघि रेष्टुरेण्टमा काम गर्थिन् । उनले यसअघि चेन म्याकडोनाल्ड र सिज्लरमा काम गरिसकेकी छिन् । मियाले २०१२ मा पोर्न उद्योगमा प्रवेश गरेकी हुन् । आफ्नी स्कुले साथी तथा अर्की पोर्नस्टार नताशा माल्कोभाले उनलाई पोर्न उद्योगमा ल्याएकी हुन् ।

मियाको वास्तविक नामको बारेमा बाहिर कुनै जानकारी छैन तर उनको यो नाम वास्तविक नभएको धेरैले दावी गरेका छन् । उनले पछि यो निकनेम राखेको बताइएको छ । यसबारे मियाले आफूमा रशियन र अमेरिकन मोडलको मिश्रण भएको अनुभूति हुने भएकोले यो नाम राखेको बताइन्छ । पोर्न हिरोइनको रुपमा मियाले ‘द प्रिअचेर्स डटर’, पिटर पेन ट्रिपल एक्सः एन एक्सेल ब्राउन प्यारोडी’ जस्ता फिल्ममा काम गरेकी छिन् ।

मियाले २०१४ मा डेनी माउण्टेनसँग बिहे गरेकी छिन् । उनका पति डेनी पनि पोर्नस्टार नै हुन् । मियाका दाजु जस्टिन हन्ट पनि पोर्नस्टार नै हुन् ।