पु.समाचार

पुसको चिसोमा जब लालबाबु हातमा झाडु बोकेर सडक सफा गर्न निश्किए…

काठमाण्डौ । केपी ओलीको सरकार हुँदा सामान्य प्रशासनमन्त्री बनेर चर्चामा आएका लालबाबु पण्डितले फेरी उदाहरणीय काम गरेका छन् ।

बिहिबार काठमाण्डौको तिनकुनेदेखि माइतिघर मण्डलासम्म एकाबिहानै पण्डित हातमा झाडु बोकेर निश्किएपछि सबै चकित परे । काठमाण्डौ फोहोरको शहर हो भनेर प्रमाणित भइरहेका बेला उनी काठमाण्डौ फोहोर छैन सफा शहर भनेर परिचित गराउनका लागि सयौं समर्थकका साथ क्लिन काठमाण्डौ अभियान नै चलाएर सफा शहर बनाउन निश्किए ।

जथाभावी फोहोर फाल्नेहरु पनि लालबाबुलाई साथ दिन झाडु बोकेर निश्किए । पुसको यो जाडोमा कसलाई बिहानै उठेर हिँड्न रहर हुन्छ र तर उनी लाज, धक नमानी हातमा झाडु बोकेर सडक सफा गर्न निश्किए । उनको साथमा नागरिक समाज, नेपाली सेना र नेपाल प्रहरीलगायतको सहभागिता थियो ।

म बलदिन्छु मेरो शहर बदलिन्छ भन्ने नाराका साथ क्लिन काठमाण्डौ अभियान भव्यताका साथ सम्पन्न गरिएको छ । हातमा कुचो बोके सानो भइन्छ भन्ने नेताहरुका लागि उनको यो कदम उदाहरणीय देखिन्छ ।