सामाजिक सञ्जाल

माग्नेले १० लाख मागेपछि जितु र दिपकराजले दिए कडा जवाफ !

काठमाण्डौ । मंगलबार राजधानीमा पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा बन्न लागेको चलचित्रमा हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा)लाई अनुबन्धित गरेपछि यो समाचारले मिडियामा राम्रै स्थान पायो । सुदर्शन थापाको निर्देशनमा बन्ने अहिलेसम्म नाम सार्वजनिक नगरिएको चलचित्रमा केदारलाई १० लाख रुपैँयामा अनुबन्धित गरिएको थियो ।

उनी चलचित्रमा अनुबन्धित भईसकेपछि अर्का हास्यकलाकार जितु नेपालले फेसबुमा गज्जबको स्टाटस लेखेका छन् । ‘कलाको कुनै मुल्य हुदैन, कलाकारको पारीश्रमीक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथीजानु हो ।’ जितु लेख्छन्, ‘ त्यसैले, १० लाखे केदारलाई बधाई, ६ क्का पन्जा टिम हाई हाई…। यत्तीखेर ६क्का पन्जा –२ मा आफैले बोलेको संवाद याद आयो‘ जोक्कर त भनिहालेउ, तर याद राख ५२ पत्ति तासमा, जोक्कर एउटै हुन्छ,र बिषेस हुन्छ ।’

त्यस्तै कलाकार दिपकराज गिरीले पनि जिुतको स्टाटसमा व्याङ्ग्यात्मक कमेन्ट गर्दै भनेका छन्, ‘यो पन सही होइन डि आइ जि नै हो ।’