सामाजिक सञ्जाल

पृथ्वी जयन्तीको शुभकामना दिँदा यी नेता आफैं लज्जित बन्न पुगे, कसले के भने ?

काठमाण्डौ । दोस्रो जनआन्दोलनको सफलतापछि पृथ्वी जयन्ती मनाउने परम्परा मात्रै तोडिएन, सडकका चोकचोकमा रहेका शालिक ढलाउने काम समेत भएको थियो ।

शालिक ढलाउने र तोडफोड गर्ने काममा तत्कालीन माओवादीका नेता कार्यकर्ता बढि जिम्मेवार भएको आरोप पनि लाग्यो । शालिक ढलाउने काम गलत हो र पृथ्वी जयन्ती मनाउनुपर्छ भन्ने आवाज बिस्तारै उठ्न थाल्यो । सरकारी स्तरबाट नमनाएपनि वर्सेनी पुस २७ गते नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाउन थालियो ।

पृथ्वी जयन्तीको पक्षमा अहिले यतिधेरै जनमत बढ्न थाल्यो कि यसवर्ष सरकारले सार्वजनिक बिदा नै दियो । पहिले पृथ्वी जयन्तीको विपक्षमा रहेका नेता कार्यकर्ताले समेत शुभकामना दिन थाले । तत्कालीन माओवादीका नेता र अहिलेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पनि ट्वीटरमार्फत पृथ्वीजयन्तीको शुभकामना दिए । तर, उनको शुभकामना कसैलाई पनि पचेन वा चित्त बुझेन । हुनत उनले गरेका पहिलेका कार्यबाट जनताले आजित भएका थिए । वास्तवमा पृथ्वीनारायाण इतिहास बोकेका मान्छे हुन् त्यसैले पनि उनी हरेक राष्ट्रभक्तिको मनमनमा बसेका छन् ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि ट्विटरमार्फत पृथ्वी जयन्तीको शुभकामना दिएका छन् । उनले दिएको शुभकामना पनि उनका समर्थकहरुले रुचाएनन् र कडै जवाफ फर्काए ।