पु.समाचार

डा. केसीको यसरी भयो जित, भए रिहा, प्रधानन्यायधीशको डकुमेन्ट छानबिन हुने आयो सर्बोच्चको आदेश

काठमाण्डौ । सर्बोच्च अदालतको आदेशमा हिराशतमा रहेका अनशनरत डा. गोबिन्द केसीलाई बिना धरौटी तारेखमा रिहा गरिएको छ । सर्बोच्च अदालतका न्यायधीशहरु पुरुसोत्तम भण्डारी र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले डा. केसीलाई रिहाईको आदेश दिएको हो ।

आदेशमा प्रधानन्यायाधीश पराजुलीको प्रमाणपत्र नक्कली भए न्यायपरिषदबाट झिकाएर अनुसंधान गरिने बताउदै डा. शशी शर्मँको मुद्धामा अदालत बाटै मिशिल झिकाएर अध्ययन गरिने फेसलामा उल्लेख छ ।

नागरिकताको बिषयमा भने सम्बन्धीत जिलला प्रशाशन कार्यालयबाट अनुसंधान गरिने उल्लेख छ । डा. केसीले गोपाल पराजुलीको तीब्र बिरोध गरिरहेका छन् ।