राजनीति

काँग्रेसमा जो बदलिन्छ उसैले नेतृत्व पाउँछ: प्रवक्ता शर्मा

काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा उमेर नभई एजेण्डा भएकाले स्थान पाउने बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पार्टीमा एजेण्डा भएकालाई नेतृत्व दिने हो, उमेर भएकालाई होइन । जो बदलिन्छ उसैले नेतृत्व पाउँछ ।’

उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्ने बताए । यद्यपी मिति भने तय नभएको उनले बताए ।  काँग्रेस भूकम्पपछिको नेपाल जस्तै बनेकोले केही ढिलो भएपनि पुनर्निर्माणका लागि तयारी भइरहेको उनले बताए ।

पार्टी पुनर्निर्माणका छट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रबक्ता शर्माले जानकारी दिएका छन् । तर, बैठकको मितिका बारेमा भने टुङ्गो लागि नसकेको शर्माको भनाइ छ ।

अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न केही कामहरू गर्न बाँकी नै भएको भन्दै शर्माले केन्द्रीय कार्यसमितिको बैठक बस्न ढिला भएको बताए । ‘पार्टीको भन्दा पनि अहिले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्का लागि केही काम गर्न बाँकी छ, ‘ उनले भने, ‘त्यससले गर्दा कार्यसमिति बैठकको मितिको टुङ्गो नलागेको हो, बैठक छिट्टै बस्छ, समीक्षा हुन्छ ।’

पार्टी प्रवक्ता नियुक्त हुनु अघि शर्मा नेतृत्व हस्तान्तरणको माग गर्दै अभियान चलाउने युवा नेताहरुको समूहमा थिए । सात भाइको यो समूहले संयुक्त विज्ञप्ति जारी गर्दै महासमिति बैठक बोलाउन माग पनि गरेको थियो ।