आर्थिक

सिटिजन्स बैंकको नगद वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै अनवरत रूपमा ग्राहकवर्गको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंकले धादिङ्गको झारलाङ्ग र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।

विश्व खाद्यकार्यक्रमको आयोजना र वेल्ट हङ्गर हाइलाइफको सहकार्यमा पुस १३ देखि २० गते सम्म उक्तकार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्पप्रभावितक्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रबाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । २७ सय ७२ परिवारलाई कूल नगद रु ३ करोड ४३ लाख ४ हजार नगद वितरण गरिएको थियो ।

बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले व्यक्त गरेका छन् ।