खेलकुद

नेत्रहिन विश्वकपमा नेपालले अफगानस्तानलाई दियो २ सय ५९ रनको लक्ष्य

काठमाण्डौ । नेत्रहिन विश्वकपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई २ सय ५९ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको जिन्नाह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाएर २५८ रन बनायो ।

नेपालका रमेश बहादुर बानियाँ र पदम बडैलाले अर्धशतकिय पारी खेले । यस्तै बन्द्री चौलागाई अर्धशतक बनाउन एक रनले चुके ।

७२ बलमा रमेशले ५९ रनको पारी खेले । सो क्रममा उनले २ चौका प्रहार गरेका थिए । त्यस्तै पदमले ४३ बलमा ५० रन जोड्दा २ चौका प्रहार गरे ।

नेपालका लागि अन्य ब्याट्सम्यानहरु बन्द्री चौलागाई ४९ रन बनाए भने खिमानन्द गैरेले नटआउट ३० तथा भरत थापाले ११ रन जोडे ।