आर्थिक

एनआइसी बैंकको शाखा आँबुखैरेनी र गोरखामा

पोखरा । एनआइसी एसिया बैंकले तनहुँ र गोरखामा शाखा बिस्तार गरेको छ ।

बैंकले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजारमा र गोरखा सदरमुकाम गोरखा बजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरे ।

बैंकले अब छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत नाउँडाँडा र पर्वतको जलजला गाउँपालिकाअन्तर्गत वारीबेनीमा शाखा बिस्तार गर्ने जनाएको छ । बैंकले यसअघि लमजुङको बेंसीशहरमा शाखा खोलेको थियो । बैंकका हालसम्म देशभर १५९ वटा शाखा रहेका छन् ।