तस्विरहरु

न्यायालय !! न्यायको मूर्ती बन ! (फोटोफिचर)

काठमाण्डौ । पक्राउ गरेका शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको समर्थनमा एकाबिहानैबाट माइतिघरमा विरोध प्रर्दशन गरिएको छ ।
अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार त्रिवि शिक्षण अस्पतालका डा. केसीलाई पक्राउ गरेपछि मंगलबार त्यसको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

विरोध कार्यक्रममा ‘न्यायालय !! न्यायको मूर्ती बन’ लगायतका प्ले कार्डहरु बोकेर सडकमा सयौको संख्याका केसीका समर्थकहरु उभिएका थिए । उनीहरुले नारा लगाउँदै सरकारलाई तत्काल केसीको रिहाईको मागसमेत गरेका थिए ।

उक्त प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रनेपाली काँग्रेसका नेता गगन थापागायतका नेताहरु सहभागी छन् ।