खेलकुद

मेस्सीलाई उछिन्दै नेइमार बने बिश्वकै भ्यालुएबल प्लेअर, कसको स्थान कहाँ ?

एजेन्सी । सिआइइएस फुटबल अबजर्भेटरीले वार्षिक रुपमा प्रकाशन गर्ने र्‍याङ्किङ अनुसार ब्राजिलियन स्टार नेइमार विश्वकै मोस्ट भ्यालुएबल प्लेअरको शीर्ष स्थानमा छन् ।

सिआइइएसले प्रत्येक वर्ष जनवरीमा प्रकाशित गर्ने उक्त सूची अनुसार नेइमारको भ्यालु १८८ मिलियन पाउण्ड छ । दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेसीको भ्यालु १७८ मिलियन पाउण्ड छ ।

प्रिमियर लिग क्लब टोटनहमका ह्यारी केन तेस्रो स्थानमा छन्। उनको भ्यालु १७२ मिलिनय पाउण्ड छ ।

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो भने उक्त सूचीको ४९औँ स्थानमा छन् । ३२ वर्षीय रोनाल्डोको भ्यालु ७१ मिलियन पाउण्ड मात्र छ ।