अन्तर्राष्ट्रिय

भारतको एक रेष्टुरेन्टमा आगलागी, पाँचको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए ।

बिहीबार विहान सवेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रंहरी अधिकारीले जानकारी दिएको छ ।
कैयौ घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ ।

गत हप्ता पनि मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।