राजनीति

ओली बैंकक जानुअगावै के हुँदैछ ? एमाले नेताले गरे यस्तो खुलासा

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेईमानी र कर्तव्यच्यूत भएको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाएका हुन ।

उनले भने, ‘सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले वालुवाटारको सर्बदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधान अन्तरगत रहेर जेजे गर्न पर्छ गर्नुस भनेका थियौँ, तर अहिले आएर सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न सक्दैनौँ, दलीय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क हो ।’

रावलले थपे, ‘सरकारले सत्ता नछोड्ने देखेर हामीले संविधानले दिएको र सरकारको कर्तव्य पनि भएकाले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने काम गरोस् भनेर विरोध नगरेकै हो ।’

साक्षात्कारमा नेता रावलले प्रदेश प्रमुख तोक्ने सरकारको तयारीलाई एमाले बिरोध नगर्ने स्पष्ट पारे ।

सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न आग्रह गर्दै उनले भने, ‘सरकारले जनताको जनमतलाई कदर गर्ने काममा चुकेको छ, प्रधानमन्त्रीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्छु भन्नु हास्यास्पद कुरा हो । हामीले संविधान बनाउदा नै राष्ट्रियसभाको निर्वाचन बहुमतीय प्राणालीबाट गर्ने भनेका थियौँ, तर सरकारले त्यसलाई लत्याएर एकल संक्रमणीम मतका आधारमा राष्ट्रिय सभा गठन गर्ने व्यवस्था विधेयकमा राख्यो । त्यसलई अस्विकार गर्दा गर्दै पनि त्यहीअनुसार अध्यादेश जारी भयो । अब सरकारले जे जे गर्नु छ कानुन र संविधान भित्र रहेर गरोस् भनेका हौँ ।’

सरकारका काम र राजनीतिक निकासका काममा एमाले बाधक बन्यो भन्ने आरोप छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा नेता रावलले भने, ‘प्रदेश प्रमुखहरुको कुनै नाम दिएको छैन्, हामीले कसलाई सहमति दिनेरु प्रदेशको अस्थायी राजधानीको लागि गृहकार्य गरेको र स्थलगत रिपोर्ट बुझेको समाचार आएका छन् । त्यो कुरा एमालेलाई सरकारले कुनै जानकारी दिएको छैन्, हामीलाई आरोप लगाएर हुन्छ, के के गर्नुपर्ने हो छिटो गर्नुपर्यो, कर्तव्य र कानुनले दिएको अधिकार प्रयोग सरकारले गर्दा हाम्रो कुनै विमती रहँदैन ।’

वाम गठबन्धनले पार्टी एकताका लागि तीनवटा महत्वपूर्ण काम गरिसकेको बताउँदै छिटै पार्टी एकता हुने जानकारी दिए । आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिचव एकताका बारेमा छलफल हुने रावलले बताए ।

अध्यक्ष ओली उपचारका लागि बैँकक जानुअघि नै एकता संया्जन समितिको बैठक बस्ने उनले बताए ।