खेलकुद

लिभरपुलका मिडफिल्डर कोउटिन्हो बार्सिलोना जाने

एजेन्सी । बार्सिलोनाले लिभरका मिडफिल्डर फिलिप कोउटिन्होलाई भित्र्याउने भएको छ । १४ करोड २० लाख पाउण्डमा कोउटिन्होलाई अनुबन्ध गरेको हो । यो रकम बार्साले अहिलेसम्मकै ठुलो रकम हो ।

यससम्बन्धी सम्झौतामा केही दिनमै हस्ताक्षर हुने बीबीसीले उल्लेख गरेको छ । सम्झौतापछि काउटिन्होले साढे ५ बर्ष बार्सिलोनाका लागि खेल्नेछन् । काउटिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुलमा स्थानान्तरण भएका थिए ।