राजनीति

पोखराको बैचारिक बहसमा डा. कोईरालाले भने, ‘काँग्रेस पाँच बर्ष प्रतिपक्षमा बस्नुपर्छ’

पोखरा । नेपाली काँग्रेसका प्रभाबशाली नेता डा. शेखर कोईरालाले कम्युनिष्टहरूलाई पाँच बर्ष सरकार चलाउँन दिएर काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन्।
काँग्रेस सत्ताको चलखेलमा लाग्न नहुँने धारणा राख्दै उनले पूरानो ढर्रा, परम्परा र सोचले काँग्रेस पार्टी चल्न नसक्ने दाबी गरेका छन् । डा. कोईरालाले पार्टी रूपान्तरणको लागी गुटभन्दा उठ्न कार्यकर्तालाई आग्रह गरेका छन्। डा कोईरालाले तत्कालै केन्द्रीयय समितिको बैठक बोलाएर महासमिति बैठकको मिति तोक्न पदाधिकारीहरुलाई आग्रह समेत गरेका छन् ।

केन्द्रीय समिति र महासमिति बैठकमा निर्वाचनका परिणामका बारेमा ब्यापक समिक्षा गर्दै पराजयका कारण खोजेर अगाडि जानपर्ने उनको भनाई थियो। पार्टीमा बैचारिक खडेरी परेको बताउदै बौद्धिक सँमुदायले पार्टीका नेताहरूलाई खबरदारी गर्नुर्ने समय आएको जिकिर गरेका छन्।

कााग्रेस केन्द्रीय सदस्य समेत रहेका डा. कोईरालाले प्रजातन्त्रबादी प्राध्यापक संघ पि एन क्याम्पसले पोखरामा आयोजना गरेको प्रदेश नं-४ स्तरिय नेपाली काँग्रेसको नीति, संरचना एवं रणनीतिू बिषयक कार्यशाला गोष्ठीलाई संबोधन गर्दै ब्यवहारिक ढंगले क्रियाशिल सदस्यता बितरण नभएकै कारण संगठन कमजोर बताए ।

कार्यक्रममा सहभागी बौद्धिक समूदायले काँग्रेसको नीतिगत अस्पष्टता र शिर्षनेताको नेतृत्व क्षमता कमजोर भएकै कारण पार्टीले क्षेती ब्यहोरेको बताउँदै पार्टीलाई मासबेसबाट क्याडरबेसमा रूपान्तरण गर्नुपर्ने सुझाब दिएका छन्। काँग्रेसले गरेका जनप्रिय र लोककल्याणकारी कार्यक्रमलाई पनि जनतासामू प्रचार गर्न नसकेको बताउँदै सहभागीहरूले पार्टीको आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजबादको परिभाषा परिवर्तन गर्न सुझाव समेत दिएका छन्।

नेताहरू बिधानसंगत ढंग र पार्टी संस्थागत ढंगले नचलेको कार्यक्रममा काँग्रेसका युवानेता देवराज चालिसेले काँग्रेसको नीति, संरचना एवं रणनीति बिषयमा अवधारणापत्र प्रस्तूत गरेका थिए।गोष्ठीमा काँग्रेसको नीति, बिधान, रणनीति, सांगठानिक संरचना लगायतका बिषयमा छलफल गरिएको थियो। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू,पूर्व सांसदहरू, प्रदेश सांसदहरू, प्रदेस नं ४ का जिल्ला सभापतीहरू, महासमिति सदस्यहरू लगायतको सहभागिता रहेको थियो।