साहित्य

‘डोनाल्ड ट्रम्प आफ्नै पत्नीको साथीसँग सुत्न मन पराउँछन्’

एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि हैरान थिए र उनी आफैंलाई आफ्नो जितमा विश्वास थिएन । यसका साथै हृवाइट हाउसमा आफ्नो सपथ समारोहका दौरान पनि डराएको महसुस भएको थियो ।

यो दाबी एक नयाँ किताबमा गरिएको छ । पत्रकार माइकल वुल्फले आफ्नो किताब ‘फायर एण्ड फ्युरीः इनसाइड द ट्रम्प्स हृवाइट हाउस’ मा लेखेका छन् कि ट्रम्पकी छोरी इन्वाका ट्रम्प पनि अमेरिकी राष्ट्रपति बन्ने इच्छा राख्छिन् ।

यद्यपि हृवाइट हाउसले किताबमा गरिएको दाबी झुटो र भ्रमित गर्ने भएको बताएको छ । यो किताब शुक्रबार सार्वजनिक भएको छ ।

उनको किताबमा यस्तो लेखिएको छः

चुनावको रात करिव ८ बजे, जब चुनावको ट्रेन्ड आउन सुरु भयो, तब यो अनुमान लगाउन थालियो कि शायद डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव जित्न सक्छन् । तब ट्रम्पका छोरा ट्रम्प जुनियरले आफ्नो एक साथीलाई भनेका कि शायद उनका छोरा आगामी राष्ट्रपति बन्ने बाला छन् । यो खबरले मेलेनियाको आँखामा आँशु थियो, लगभग एक घन्टापछि स्टिभ बेननको अनुमान सही सावित हुने देखियो । ट्रम्प यो कुरामा विश्वास गरिरहेका थिएनन् कि उनी राष्ट्रपति बनिसकेका छन् ।

ट्रम्प आफ्नो शपथ समारोहको आनन्द लिइरहेका थिएनन् । उनी ए–लेवलको स्टार्स यस समारोहमा नभएकोमा उनी निराश थिए । उनलाई ब्लेयर हाउस पनि खासै मन परेको थिएन र ट्रम्पले आफ्नो पत्नीसँग झगडा गरेको देखिएको थियो । यस्तो लागेको थियो कि मेलेनियाले आँशु झार्नेछिन् ।

श्रीमती ट्रम्पले आफ्नो पतिको राष्ट्रपति चुनाव लड्ने निर्णयको सँधै समर्थन गरिन्, उनले सँधै हौसला बढाए । उनलाई आफ्नो पतिको जितमा विश्वास थियो र जितप्रति खुशी थिइन् ।

किताबको एक खण्डमा लेखिएको छ कि डोनाल्ड ट्रम्प आफ्नो साथीको पत्नीसँग सुत्न मन पराउँछन् र उनलाई लाग्छ कि यस्तो गर्दा जिन्दगी जिउन लायक बन्छ ।

उनी आफ्नो साथीको पत्नीको पिछा गर्छन् र त्यसक्रममा उनी प्रयास गर्छन् कि साथीको पत्नीसँग नजिक पुग्न सकौं, जोआफ्नो पतिसँग खुसी छैनन् ।

ट्रम्पलाई हृवाइट हाउस खास मन परेको छैन, यहाँसम्म कि उनी केही डराएको जस्तो देखिन्छन् । उनले आफ्नो बेडरुम पनि परिर्वतन गरेका छन् । क्यानेडीपछि पहिलो पटक कुनै पनि जोडी हृवाइट हाउसमा अलग अलग कोठामा रहे । ट्रम्पको कोठामा पहिल्यै टीभी थियो तर, पनि उनले पहिलो दिन नै दुई टीभी अडर गरे । साथै उनले कोठाका लागि ताला पनि मगाए ।

उनीहरुले निकै सोचविचार गरेर यो फैसला गरेका छन् कि वेष्ट विंगका काम सम्हालेनछन् । दुबैले मिलेर यो सोचेका छन् सक आगामी दिनमा मौका मिल्यो भने इन्वाका राष्ट्रपति चुनाव लड्न सक्छिन् । अमेरिकाको पहिलो महिला राष्ट्रपति हुन सक्छिन् ।