खेलकुद

म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश

एजेन्सी । गएराती भएको खेलमा जित हात पार्दै म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

युनाइटेडले अन्तिमा ६ मिनेट भित्र दुई गोल गर्दै डर्बी काउन्टीलाई २-० ले हरायो घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन जेस लिनगार्डले ८४औँ र रोमेलु लुकाकुले ९० औँ मिनेटमा गोल गरे ।

यस्तै यसै जनवरी ट्रान्सफरमा क्लब भित्रिएका भर्जिल भान डिकले डेब्युमै गोल गरेपछि लिभरपुले मर्सिसाइज डर्बीमा एभरटनलाई २-१ ले हरायो।

घरेलु मैदान एनफिल्डमा जेम्स मलनरको पेनाल्टी गोलमार्फत लिभरपुलले पहिले अग्रता लिएको थियो । एभरटनका जिल्फी सिगरसनले ६७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । तर खेल सकिन ६ मिनेट अगाडी भान डिकले गोल गरेपछि लिभरपुल २- ले विजयी भएको हो ।