पर्यटन/संस्कृति

गोरखा दरबारको पुननिर्माण गर्न ५४ जनालाई तालिम

गोरखा । वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको भूइचालोबाट क्षतिग्रस्त बनेको गोरखा दरबारको पुननिर्माण गर्न कामदारलाई तालिम लिइएको छ ।

पृथ्वीनारायण शाहको पालामा बनेको उक्त दरबार पुरानै शैलीमा निर्माण गर्नका लागि नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायत ५४ जना युवाहरुलाई तालिम दिइएको हो ।

गोरखाका ९ वटै स्थानीय तहलाई हुने गरी उनीहरुलाई १५ दिने तालिम दिइएको थियो । उनीहरुलाई प्रयोगात्मक र सैद्धान्तिक तालिम दिइएको छ । तालिमप्राप्त कालिगढहरुले अब गोरखा दरकारको पुननिर्माण सुरु गर्नेछन् ।