अन्तर्राष्ट्रिय

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

बेईजिङ । चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ ।

चाइना नेशनल इमेज ग्लोबल सर्भेले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ ।

विकसित र विकासशील देशहरू चीनको अहिलेको विकास क्रम, प्रभाव र हैसियत अझै निरन्तर बढ्दै जाने विश्वासमा रहेका छन् ।

चीनले विश्वलाई नै नेतृत्व गर्ने र विश्व राजनीतिमा प्रभाव र योगदान पु¥याउनसक्ने साना देशहरूको बुझाई छ ।

सर्वेक्षणमा सहभागी ११ हजार जनामध्ये ३३ प्रतिशतले चीन विश्वकै सवै भन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने बताएका छन् ।

सर्बेक्षणमा विश्वका २२ वटा देशबाट पाँच सय जनाको दरले सहभागी भएका थिए ।