पु.समाचार

पाँच लाख भारतीयलाई अमेरिकाबाट फर्काइदिने ट्रम्पको प्रस्ताव, नेपालीको भविष्य कता ?

काठमाण्डौ । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ ।

उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो ।

ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेकोे छ ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ ।

यसरी एचवान बी भिषामा काम गर्ने बिदेशी कामदारहरुले ग्रिन कार्ड प्राप्त गर्नका लागि झण्डै १० देखि १२ बर्षसम्म संर्घष गर्नुपरिरहेको छ । तर, अब ६ बर्षभित्रमा ग्रिनकार्ड पाउन नसके अमेरिका बसिरहन नपाउनेगरी ट्रम्प प्रशासनले कानुन परिवर्तन गर्न लागेको ‘टाइम्स अफ इण्डिया’ले जनाएको छ ।

अमेरिका बस्ने नेपालीको भविष्य कता ?

राष्ट्रपतिमा निर्वाचित हुनु अगावैदेखि ट्रम्पले डिभी चिठ्ठा खारेज गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् । उनले केही समयअगाडि चिठ्ठा गरेर अमेरिका आएका सबै फोहोरको टोकरीमा फाल्न योग्य भएको धारणा सार्वजनिक गरेका थिए । नेपालको सरकारी जागिर छोडेर अमेरिका हानिएकाहरुको भविष्य अन्यौलमा पर्न थालेको छ । ट्रम्पले मुस्लिम समुदायलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका थिए ।

ट्रम्पको यो अभियानमा नेपालीहरु पनि पर्नसक्ने परराष्ट्र मामिला जानकारहरु बताउँछन् । यदि अमेरिकाबाट डिभिधारीहरु हटाउने अभियान चल्यो भने नेपालीहरु पनि अछुतो हुन नसक्ने जानकारहरुको भनाई छ । ट्रम्पले फोहोरको टोकरीमा फाल्न योग्यो भएको धारणा सार्वजनिक गरेपछि संसारभरका डिभिधारीहरु उनीप्रति रुष्टसमेत बन्दै आएका छन् । उउनले भनेका थिए, ‘डिभी चिठ्ठा परेर अमेरिका आएकाहरु कुनै कामका लागि योग्य छैनन, उनीहरु फोहोरको टोकरीमा फल्न योग्य हुनेछन् ।’

ट्रम्पले भनेजस्तै धोरै संख्यामा भए पनि सबै फोहोरको टोकरीमा फाल्न योग्य छैनन् । कसैले राम्रो काम गरेर पनि अमेरिकामा आफ्नो देशको नाम रोखेका उदाहरणहरु पनि हामी माझ प्रशस्त छन् । डिभीधारीलाई अमेरिकाबाट निकाल्ने वा त्यही स्थापित गर्ने त्यहीको सरकारको हातमा छ ।