राजनीति

नेबिसंघले सोध्यो, ‘निर्बाचनमा काँग्रेस पराजयको जिम्मा कसले लिने ?’

काठमाडौँ । नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ ।

नेविसंघले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो ।

नेविसंघका केन्द्रीय सदस्य तथा सिटिइभिटि संयोजक अर्जुन बमले पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको जानकारी दिए ।

“पार्टीले कमजोर नतिजा ल्याएकोमा पार्टीभित्र गम्भीर समीक्षा हुनुप¥यो, यसका लागि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने हाम्रो माग हो”– उनले भने ।

विरोध सभामा नेविसंघका केन्द्रीय कोषाध्यक्ष शिव रिमाल सदस्य सुशील तिमल्सिना, अनिलकुमार शाही, पुजन गन्र्धव, सुनिता पोख्रेल, पुनम लामा, एलिजा ढकालका साथै उपत्यकाभित्रका विभिन्न क्याम्पसका अध्यक्ष तथा स्ववियू सभापतिको सहभागिता थियो ।
नेबिंसघ पछिल्लो समयमा बिद्यालहरुमा भएका अनियमितता र बिद्यार्थीहरुका समस्यामा समाधानका लागि सकृय रहेको सहभागीहरुको दाबी छ ।