आर्थिक

नेपाल बैंकर्स संघको अध्यक्षमा ढुंगाना निर्विरोध

काठमाण्डौ । नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र प्रसाद ढुंगाना निर्विरोध भएका छन् ।

संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्षमा निर्विरोध चयन भएपछि उपाध्यक्ष पद खाली भएको छ । एशोसिएशनको विशेष साधारण सभाले आजै यसलाई अनुमोदन गर्ने भएको छ । गत मंसिर २ गते अध्यक्षमा निर्वाचित भएका बैंकर अनिल केशरी शाह यस अघि संघको अध्यक्ष थिए ।

शाहले गत महिनानै मेगा बैंकमा अवधिका कारण पदबाट राजीनामा दिएका थिए ।