मनोरञ्जन

‘बिग बोस’बाट बाहिरिएपछि अर्शीको भाग्य चम्कियो

एजेन्सी । ‘बिग बोस–११’ को फिनाले चाँडै नै हुँदैछ । यसपटक शोमा केही अलग र नयाँ अनुहारहरु देखिए । यसमध्ये एक हुन् अर्शी खान । ‘बिग बोस’बाट बाहिरिएपछि अर्शीको भाग्य चम्किएको छ ।

बताइएअनुसार अर्शीलाई एक ठूलो प्रोजेक्टमा अफर आएको छ । उनले मोटो रकममा बन्न लागेको फिल्ममा साइन गरेकी छन् । यद्यपी फिल्मको नाम र कोसँग स्क्रीन सेयर गर्ने भन्नेबारे खुलाइएको छैन । उनले पर्दामा धमाका मच्चाउन सक्ने बलिउड पण्डितहरु बताउँछन् ।