खेलकुद

एथ्लिेटिकोसँग एस्पोटिओ भारी गोल अन्तरले पराजित

एजेन्सी । डिएगो कोस्टाले सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेको पाँच मिनेटमा नै गोल गरेका छन् र, एथ्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा एइडर एस्पोटिओलाई हराएको छ ।

बुधबार राति भएको खेलमा एथ्लिेटिको मड्रिडले एइडर एस्पोटिओ ४–० गोल अन्तरले हराएको हो । २९ वर्षीय कोस्टा चेल्सीबाट गत सेप्टेम्बरमा नै एथ्लेटिको मड्रिड फर्किएका थिए । तर, क्लबको प्रतिवन्धका कारण खेल्न पाएनन् ।

एथ्लेटिकोमा फर्किएपछि पहिलो खेलमा बेञ्चमा बसेका उनी ६४औं मिनेटमा मैदान प्रवेश गरेका थिए, जतिबेला उनको टिम २–० ले अगाडि थियो ।